मुटु रोग पीडित पत्रकार राईको उपचारका लागि आर्थिक सहयोग

  • काठमाडौँ ।
  • सूर्यकुमार क्षेत्री दोस्रो अन्तरमिडिया कप फुटसल प्रतियोगिताबाट संकलित रकम पत्रकार सञ्जयसन्तोषी राईको परिवारलाई प्रदान गरिएको छ । 
  • मुटु रोगबाट पीडित धनकुटाका पत्रकार राईको उपचारका लागि प्रतियोगिताबाट संकलन गरिएको रु एक लाख र थप २५ हजार गरी कुल रु एक लाख २५ हजार रकम आज उनका परिवारलाई प्रदान गरिएको हो ।
  • फुटसल प्रतियोगिताका संयोजक एवं नेपाल पत्रकार महासंङ्घका उपाध्यक्ष दिलीप थापामगरले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ पुगी उपचार गराइरहेका राईको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् । 
  • सो अवसरमा उनले हरेक वर्ष फुटसल प्रतियोगिताबाट संकलन भएको रकम आपत्मा परेका पत्रकारलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । 
  • लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गरेका राई नेपाल पत्रकार महासंङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्यसमेत भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...