व्यस्त रेष्टुरेन्टमा आत्मघाती आक्रमण, ६० जनाको मृत्यु

  • काठमाडौं ।
इराकमा आईएसले एक व्यस्त रेष्टुरेन्टमा आत्मघाती आक्रमण गरेको छ । आक्रमणमा परी ६० जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इराकको दक्षिणी धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आईएसले आत्मघाती आक्रमण गरेको थियो । एक आत्मघातीले आफैलाई विस्फोट गराएका थिए भने अन्यले अन्धाधुन्दा गोली प्रहार गरेका थिए ।

आक्रमणकारीले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए । विष्फोटक पेटी बाँधेका आत्मघाती भीडभाडयुक्त उक्त रेष्टुराँमा प्रवेश गरेर आफैलाई विस्फोट गराएका थिए भने अरुले ग्रिनेड र गोली प्रहार गरेको स्थानीय प्रहरीले जनाएको छ ।

यसैको केही समयपछि एक सुरक्षा चेक पोष्टमा विष्फोट गराउँदा एक कार ध्वस्त भयो । मारिनेमा सात जना इरानी नागरिकसमेत परेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...