राजिनामा स्वीकृत भएलगत्तै ओलीको टिका थापेर सिलवाल एमालेमा प्रवेश गर्ने

  • काठमाडौं । 
डिआइजी नवराज सिलवाल अब राजनीतिक मैदानमा आउने भएका छन् ।

सरकारले प्रहरीको प्रमुख नबनाएपछि अदालतको ढोकामा पुगेका सिलवालले अन्ततः मुद्दा हारेका छन् । सर्वोच्चले सिलवालको रिट खारेज गरेसँगै उनले प्रहरी सेवाबाटै राजिनामा दिएका छन् ।

स्रोतका अनुसार सिलवालको राजिनामा स्वीकृत भएलगत्तै केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमालेमा प्रवेश गर्ने तयारी भइरहेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै सिलवाललाई गृहमन्त्री बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिने बताएका थिए ।

ओलीले सरकारले सिलवाललाई अन्यायपूर्ण ढंगबाट हटाउन हदैसम्मको चलखेल गरेको भन्दै सिस्टम सुधार्न अब सिलवाल नै गृहमन्त्री बन्नुपर्छ बताएका थिए

२०७४ भदौ ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...