क्यानका पूर्व अध्यक्ष शाहको उपचारका क्रममा निधन

  • काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ । 

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उहाँलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो । 

शाहले विसं २०२२ सालदेखि लगातार करिब चार दशकसम्म नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुन थालेको हो । 

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताएका छन् । कार्यथलो बैतडीमा रहेका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए । “क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उहाँले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याईपु¥याउनु भएको हो,” अध्यक्ष चन्दले भने । 

शाहको नाममा उनि जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो । उनि एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत बनिसकेका छन् । 

,

प्रतिकृया दिनुहोस्

Loading...