वरिष्ठ वामपन्थी पत्रकार गौरीको गोली हानी हत्या

  • काठमाडौं ।
भारतमा वरिष्ठ वामपन्थी पत्रकार गौरी लंकेशको हत्या भएको छ । पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले नै केही भन्न नसकिने बेंगलुरुका पुलिस कमिश्नर सुनील कुमारलाई उधृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आएकी थिइन् । लंकेश पत्रिका उनका पिताले ४० वर्षअघि सुरु गरेका थिए । गौरी अहिले त्यसको सञ्चालक थिइन् ।

मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

घटनाबारे  बेंगलुरु प्रहरीले अनुसन्धान थालेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...