पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल

  • काठमाडौं।
पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन्।

कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्।

दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको कार्यक्रमा मोरङका निशान भट्टराई फस्ट रनरअप र ललितपुरका प्रताप दास सेकेन्ड रनरअप भएका छन्।

आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको दमदार प्रस्तुति दिएका थिए।
२०७४ असोज ७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...