पिएन क्यामपसमा अखिल (क्रान्तिकारी) ले लगायो भोटे ताल्चा, यस्ता छन् कारणहरु

  • आश तमु पोखरा ।  

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस र प्रदेश नं.४ को शैक्षिक केन्द्र मानिने पृथ्वीनारायण क्यामपस पोखरामा नेकपानिकट अखिल (क्रान्तिकारी) ले भोटे ताल्चा लगाएको छ । क्रान्तिकारीको पृथ्वीनारायण क्यामपस जिल्ला समितिले शुल्क वृद्धिको विरोध गर्दै शुक्रबार लेखा शाखामा तालाबन्दी गरेको हो।

तालाबन्दीपछि प्रेश वक्तव्य जारी गर्दै जिल्ला अध्यक्ष शिव क्षेत्रीले हजारौं गरीव, किसान, मजदुर, श्रमजिवी र मध्यमवर्गका छोराछोरीले अध्ययन गर्ने यस पृथ्वीनारायण क्यामपसको बिबिए प्रोग्राममा नयाँ भर्नाको लागि पुरै सेमेस्टरको शुल्क २ लाख ५० हजारलाई बिनाप्रपोजल हचुवाको भरमा बढाएर ३ लाख ५० हजार बनाउन  खोजिएको भन्दै अनिश्चितकालिन लेखा शाखामा तालाबन्दी गरिएको जनाएका छन।


केहीदिन अघि क्याम्पस प्रशासनले २ लाख ५० हजार वाट समय सापेक्ष भन्दै ३ लाख ५० हजार बनाउन ल्याएको प्रस्ताव शुल्कलाई अस्विकार गरी बैज्ञानिक शुल्क निर्धारण गर्न माग गर्दै आएका थियो।

पटक पटक वार्ता बस्दा क्याम्पसले बिना प्रपोजल र आर्थिक विवरण बिना शुल्कवृद्धिको प्रस्ताव ल्याएको हुनाले स्विकार्य नहुने क्षेत्रीले बताए। बिज्ञपतिमा सम्पुर्ण बिबिए पढ्ने विद्यार्थीलाई शुल्क घटाउने न्यायिक आन्दोलनमा सहयोग गर्न अपिल गरिएको छ। बीबीएका पुर्व कार्यक्रम संयोजकको नाममा अघिल्लो बर्षको अडिटिङमा बेरुजु पनि देखिएको थियो।

हेर्नुहोस् विज्ञप्ति


२०७४ असोज ६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...