बाराका दुई सरकारी कार्यालयमा बम विष्फोट, स्थानीय त्रसित

  • बारा । 
बाराको सिमरा उपमहानगरपािलकामा दुई सरकारी कार्यालयको परिसरभित्र बम विष्फोट भएको छ ।

शनिबार राति १० बजे सिमारा चोकमा रहेका जिल्ला बन कार्यालय र नेपाल टेलिकमको कार्यालय परिसरभित्र अज्ञात समूहले बम राखेर गएको केही समयभित्र विष्फोट भएको जनाइएको छ ।

स्थानीयका अनुसार शनिबार राति भएको बम विष्फोटको आवाज ठूलो आएको थियो । बम शक्तिशाली भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । बम विष्फोट भएपछि आसपासको क्षेत्रमा स्थानीय डराएका छन् ।

प्रहरीले सो विष्फोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्न अनुमान गरेको छ । ‘नेकपा’ स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै गतिविधि गर्दै आएको छ । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

२०७४ भदौ २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...