भारतीय सेनाध्यक्ष नेपाल आउँदै


काठमाडौं ।

भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । 

नेपाल र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास भइरहेको र सोही संयुक्त सैन्य अभ्यासको समापनमा उनी प्रमुख अतिथिको रुपमा भाग लिन नेपाल आउन लागेका हुन् ।

रुपन्देहीको सालझन्डीमा सञ्चालित उक्त सैन्य अभ्यासमा भारतीय सेनाका तीन सय अधिकृत तथा जवानले संयुक्त रुपमा सैन्य अभ्यास गरिरहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

२०७४ भदौ २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...