सिटी एक्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक

  • काठमाडौं । 
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नजिकिँदो दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुलाई ९० दिनसम्मचल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर कम्पनीले उक्त उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस उपहार योजनाअन्र्तगत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमा एकजना विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आरएक्सएल कार जित्न सक्ने छ । उनले दैनिक, साप्ताहिक र मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।

उक्त उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्धारा गरिने प्रबन्ध निर्देशक टण्डनले जानकारी दिए । विगत ११ वर्षदेखि विप्रेषण व्यवसायमा क्रियाशील सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न धार्मिक, साँस्कृतिक तथा सामाजिक क्रियाकलापमा सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...