डिशहोमको दशैं तिहार योजनामा ग्राहकलाई तीन हजारको छुट

  • काठमाडौं । 

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिशहोमलेे नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५९९९ पर्ने डिशहोमको हाइबि्रड एचडी कनेक्सन खरिद गर्दा रु. ३००० छुट प्राप्त गरी रु. २९९९ मै जोड्न सक्नेछन् । डिशहोमले हाल बजारमा बिक्री गरिरहेको हाइबि्रड एचडी सेट-टप बक्समा भारी छुट प्रदान गरेको हो ।

डिशहोमले हरेक वर्ष दशैं र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष पनि उपभोक्ताहरुलाई डिशहोमको हाइबि्रड एचडी कनेक्सनको खरिदमा रु. ३००० छुट प्रदान गर्न लागेको यस कम्पनीका महाप्रवन्धक कल्याण अधिकारीले जानकारी गराए ।

“हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिशहोम जडान गर्न प्रेरित गर्न चाहन्छौ । हामी नेपालकै सवैभन्दा बढी एचडी च्यानलहरु भएको र बिक्री पछिको गुणस्तरीय सेवा नेपालभर पुर्‍याउन सक्षम कम्पनी हौं” उनले भने, “सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ ।" 

नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकामा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय हो ।



प्रतिकृया दिनुहोस्

Loading...