पर्यटन दिवसमा पोखरामा उल्लास, पर्यटकलाई पञ्चे बाजाले स्वागत

  • पोखरा । 
३८ औं विश्व पर्यटन दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संघसंस्थाले पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टकलाई स्वागत गरेका छन् ।

यती एयरलाइन्स काठमाडौंबाट पोखरा पुगेका विदेशी र आन्तरिक पर्यटकलाई पञ्चे बाजा, फूलमालासहित स्वागत गर्दा पर्यटकहरु समेत नेपालीहरुसँग रमाइ–रमाई नाचेका थिए ।

त्यस्तै गरी काठमाडौंबाट पोखरा आएका पर्यटन बसबाट पहिला आउनेलाई समेत सम्मान गरेको छ । यता रेवान पोखराले पनि लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरेको छ ।

पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्मको एक किलोमिटरको बाटो बन्द गरेर रेष्टुराँहरु राखिएका छन् ।
व्यवसायीहरुले सडकमै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिएका छन् ।

पोखरा पर्यटन परिषद्को संयोजन पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन क्षेत्रलाई चलाएमान गराएको परिषद्का कार्यवाहक अध्यक्ष भरत पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस्

Loading...