संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख

  • काठमाडौं।
एक बोतल पानीलाई कतिसम्म पर्ला ? हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ ।

‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

कम्पनिले उत्पादन गरेको महँगो मदिराभन्दा पनि महंगो पर्ने यस पानीलाई संसार कै सबैभन्दा महँगो सौखिन पानी भएको उल्लेख गरेको छ। कम्पनिका अनुसार ‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो ।

यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ ।

‘लस एन्जल्स’को पहाडी इलाका ‘बेवर्ली हिल्स्’को माथील्लो सतहको झरनाबाट विशेष प्रविधिबाट संकलन गरिएको शुद्ध पानीलाई संसारको जुनसुकै कुनाबाट ‘अर्डर’ गर्न सकिने छ कम्पनिले जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...