इंग्लिस प्रिमियर लिग: चेल्सी विजयी


काठमाडौं ।

साबिक विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित दर्ता गरेको छ । 

अवे मैदानमा भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४–० ले हराएको हो ।

चेल्सीको जितमा यहि सिजन रियल मड्रिडबाट आएका अल्भारो मोराटाले ह्याट्रिक गरे । यस्तै पेड्रोले एक गोल गरे । डिएगो कोस्टाको ठाउँ लिएका मोराटाले २, ७७ र ८२ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन् ।

मोराटाले ह्याट्रिक पूरा गर्नुअघि ३० औं मिनेटमा पेड्रोले गोल गरेका थिए ।पहिलो हाफमा एक गोल गरेका मोराटाले दोस्रो हाफमा थप दुई गोल गरेका हुन् । मोराटाले चेल्सीबाट पहिलो ह्याट्रिक गरेका हुन् । जितपछि तेस्रो स्थानको चेल्सीले ६ खेलबाट १३ अंक जोडेको छ ।

राति नै भएको खेलमा बर्नली र हडल्सफिल्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

२०७४ असोज ८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...