महाकाली अञ्चल अस्पतालको सेवा तीन दिनदेखि ठप्प, बिरामी मर्कामा

  • कञ्चनपुर ।
आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन् । 

तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन् । सरकारले ल्याएको विधेकको विरोध गर्दै चिकित्सक आन्दोलनमा गएपछि बिरामीले चर्काे शुल्क तिर्दै निजी क्लिनिक र भारतका निजी अस्पतालमा उपचार गराउनुपरेको छ । 

चिकित्सकको राष्ट्रव्यापी आन्दोलन भएकाले यसबाट बिरामी मर्कामा परेको महाकाली अञ्चल अस्पताल विकास समितिकाले जनाएकााे छ । दुर्गम गाउँबाट उपचारका लागि पुग्ने बिरामीले बढी सास्ती खेप्नु परेको छ ।
२०७४ असोज ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...