अख्तियारद्धारा भ्रष्ट प्रमाणित चुडामणि शर्माको घरमा बम बिस्फोट


काठमाडौं ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्माको घरमा विस्फोट भएको छ । 

बूढानीलकण्ठमा रहेको घरमा गएराति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको न्युज 24 अनलाईनले जनाएको छ ।

विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको जनाइएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही बस्तु फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शर्माले कर फर्छ्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्मालाई गैरकानूनी तवरले पक्राउ गरिएको भन्दै सर्वोच्चले थुना मुक्ता गर्न आदेश दिएको थियो ।

२०७४ असोज २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...