एसीसी यू–१९ छनोट: सिंगापुरविरूद्ध नेपाल टस हारेर बलिङमा


काठमाडौं ।

एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियामा जारी प्रतियोगितामाक्लब अमानमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेको छ।

अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।

दुई खेलमा ४ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यता, सिंगापुर पनि दुई खेलमा अपराजित छ। सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरको पनि ४ अंक छ तर, नेट रनरेटको आधारमा सिंगापुर नेपाल भन्दा पछि छ।

छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् । सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो।

२०७४ भदौ २९ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...