दोलखामा भाइरल ज्वरोकोे महामारी फैलियो

  • दोलखा । 
दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । 

भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन् ।

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य संस्थाको तथ्याँक हेर्दा करिब १०० को हाराहारीमा दैनिक उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन् । 

प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल डाइरेक्टर डा विनोद दंगालले विगतका दिनमा भन्दा एक सातायता ५० भन्दा बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका बताए । 

ग्रामीण भेगमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाले दिएको तथ्याँकमा अन्य समयमा भन्दा एक सातायता ७५ प्रतिशत उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको जनाइएको छ । यता सामुदायिक अस्पतालमा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । 

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोडी सेवा दिन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले निर्देशन दिइसकेको कार्यालयका निमित्त प्रमुख डम्बर थोकरले बताए । 

भाइरल ज्वरो आउँदा उच्च ज्वरो आउने, कमजोरी महसुस हुने, जिउ दुख्ने, बान्ता हुने, खोकी लाग्नेजस्ता लक्षण देखिएको छ । लगातार तीन दिनसम्म उच्च ज्वरो आएमा डाक्टरको सल्लाहअनुसार एन्टिवायोटिकलगायतका औषधि सेवन गरी आराम गर्न आवश्यक छ । 

यो मुख्यगरी ‘इन्फ्लुएन्जा भाइरस’ अथवा ‘राइनो भाइरस’ जस्ता विभिन्न प्रकारका भाइरसको इन्फेक्सनबाट हुने समस्या हो । त्यसमा धेरैजसोलाई रुघाखोकी लाग्ने, वाकवाक हुने, टाउको दुख्ने, ज्वरो आउने हुन्छ । यसबाट जोगिनका लागि हामीले सबैभन्दा पहिले आफूसँग जुन किसिमको रोग छ त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । 

२०७४ भदौ २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...