'दुईजिब्रे प्रचण्ड जीहरुसँग एकता गर्नु भनेको हार्नका लागि चुनाव लड्नु हो !'

  • काठमाडौं ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा तालमेल गरेका सत्तारूढ प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तेस्रो चरणको स्थानीय निर्वाचनमा पनि चुनावी तालमेललाई निरन्तरता दिने भएका छन् । 

उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको बताईएकोे माओवादी केन्द्र स्रोतले जनाएको छ ।

धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको स्रोतले बतायो । गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे पनि छलफल भइरहेको छ ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने माओवादीसँगको तालमेलको विरोधमा छ । यसअघि भएको तालमेलले कांग्रेसलाई नभएर माओवादीलाई मात्रै फाइदा पुगेको भन्दै पौडेल पक्षले विरोध गरेको हो ।

पहिलो र दोस्रो चरणको चुनावमा माओवादी केन्द्रसँग चुनावी एकता गरेर एमालेसँग हार व्यहोर्नु परेको पौडेल समुहको बुझाई छ । 'घरिघरि जिब्रो फेर्ने प्रचण्डसँग चुनावी तालमेल गरेर पार्टी घाटामा गयो, अझै पनि हाम्रा सभापतिको घैटोमा घाम लागेन ।' पौडेलनिकट एक काँग्रेस नेताले इमान्दार मिडियासँग भने । 

'आफ्नो नाम नगर्ने सर्तमा ती नेताले भने -'मेरो नाम लिनुभयो भने चुनावको मुखैमा पार्टीभित्र भाडाभैलो हुन्छ । तर कुरा के हो भने नेपाली काँग्रेसले प्रचण्ड जीहरुसँगको चुनावी एकताको फल त चाखिसक्यो पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अझै पनि उहाँहरुसँग एकता गर्नु भनेको हार्नका लागि चुनाव लड्नु हो ।'

, ,

प्रतिकृया दिनुहोस्

Loading...