आर.एम.डी.सी.वाट सहकारी ब्यवस्थापन तालिम सम्पन्न

  • इटहरी ।
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लि.(RMDC) शाखा कार्यालय, इटहरीले सहकारी ब्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ ।

गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा भाद्र १९ देखि २० गतेसम्म चलेको तालिममा सेण्टरको इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्ला मध्ये ११ जिल्लामा रहेका सेण्टरका ३४ वटा सहकारी संस्थाहरुका उच्च व्यवस्थापनका ३४ जना सहभागीहरुले भाग लिएका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै सेण्टरका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सेण्टर तथा सेण्टरका साझेदार संस्थाहरुले गरिबी न्यूनिकरण र वित्तीय पहुँच पु¬याउन भुमिकाको बारेमा चर्चा गर्दै सहकारी संस्थाहरुले पु¥याएको योगदान स्वागतयोग्य रहेकोबताए । उनले सहकारी संस्थाको दिगो विकासको लागि सहकारीको उचित व्यवस्थापन तथा वित्तीय शुसासन कायम राख्नुपर्नेमा जोड दिए। साथै 

उक्त तालिममा मुख्य प्रशिक्षकको रुपमा लामो समयदेखी सहकारी क्षेत्रमा आबद्ध रही प्रशिक्षण कार्य गर्दै आएका वरिष्ठ प्रशिक्षक चन्द्रबहादुर ठकुरी थिए ।  उक्त तालिममा सहकारी संस्थाहरुको ब्यवस्थापन, संगठन ब्यवस्थापन, बचत ब्यवस्थापनका चुनौति तथा समस्या, सहकारीमा जोखिमहरुको न्युनिकरणको कारण तथा व्यवस्थापनका उपायहरु, सहकारी अभिलेख तथा कानुनी प्रावधानहरु, सहकारी संस्थाकोे ऋण लगानी ब्यवस्थापन, ऋण बिश्लेषण, ऋण असूली ब्यवस्थापन आदि विषयहरुमा प्रशिक्षण दिइएको थियो । सहकारीको दिगो विकासका लागि उचित सहकारी व्यवस्थापन भन्ने मुल नारा बनाई तालिम सम्पन्न भएको थियो ।

ईटहरी शाखाका शाखा प्रबन्धक श्री गोविन्द प्रसाद पौडेलले संचालन गरेको उक्त तालिम कार्यक्रममा सेण्टरका बरिष्ठ अधिकृत भोला नाथ रेग्मीले स्वागत मन्तब्य राखेका थिए । 

२०७४ भदौ २१ मा प्रकाशित ।







प्रतिकृया दिनुहोस्

Loading...