मन्त्रीमण्डल फेरी विस्तार हुदै, को–को बन्दै छन् नयाँ मन्त्री ? सूचीसहित

  • काठमाडौं। 
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउने तयारी गरेपछि मन्त्रिमण्डल फेरी बिस्तार हुने भएको छ  ।

देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १८ सांसद रहेको राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउन यसअघि नै सहमति जनाइसकेका छन् ।

स्रोतका अनुसार देउवाले बुधबारभित्र राप्रपाका मन्त्रीहरूलाई सपथ गराउने तयारी गरेका छन् ।

शान्ति तथा पुनर्निर्माण, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र उद्योग मन्त्रालय बाँकी छन् । यी चार मन्त्रालयमा देउवाले नयाँ मन्त्री ल्याउन लागेका हुन् ।

चार मन्त्री र चार राज्यमन्त्री राप्रपा प्रजातान्त्रिकबाट थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५८ सदस्यीय बन्नेछ । राप्रपा (प्रजातान्त्रिक) देउवाले २०५२ सालमा बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलभन्दा जम्बो मन्त्रिमण्डल बन्नेछ ।

राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा र रेशमबहादुर लामालाई मन्त्री बनाउने तयारी गरेको छ । यसअघि दीपक बोहरा मन्त्री बन्ने चर्चा रहे पनि नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको अनियमितताका कारण त्यो सम्भावना टरेको हो ।

त्यस्तै  राज्य मन्त्रीका लागि राज्यलक्ष्मी श्रेष्ठ, इश्तियाक अहमद खान, रमेशकुमार लामा र सयन्द्र बान्तवाको नाम चर्चामा छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...