सीमानाकामा जारी भारतीय हस्तक्षेपविरुद्ध आज नेकपाले नयाँ धारणा सार्वजनिक गर्दै

  • काठमाडौं । 
देउवा सरकार देशमाथि वैदेशिक हस्तक्षेप र नागरिकको पीडा समस्याबारे मौन रहेको बेला नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)ले तराई क्षेत्रका सीमा डुबान र समस्याबारे नयाँ धारणा सार्वजनिक गर्दैछ ।

भारतले तराईको नेपाल–भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनविपरीत सडक, बाँध बनाएका कारण सप्तकोसीलगायत नदीमा आएको असार–साउनको बाढी रोकिएर नेपालका तराईका बस्ती क्षेत्र डुबान पर्दा यो वर्ष मात्र २ सयभन्दा बढी नेपालीले ज्यान गुमाए । हजारौं बिगाह नेपाली भूमि डुबानमा पर्यो भने सयौं बस्ती विस्थापित भएका छन् । उनीहरुको पुनस्र्थापना विषयमा सरकार लाचार बनेको छ ।

यति हुँदा पनि भारतले सीमानामा एकतर्फी बनाएका बाँध र सडकबाट बाढीलाई निकास दिन मानेन । नेपालका पूर्वीतराईका सीमानाका हजारौं बिगाह जमिन डुब्यो । उल्टै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा दिल्ली पुगेर भारतलाई कोसीमा उच्च बाँध बनाउने सहमति गर्दै राष्ट्रघाती काम गरेर भारतीय हस्तक्षेपलाई खुलेआम रुपमा निम्ता दिए ।

त्यसविरुद्ध देशभित्र व्यापक विरोध जारी छ । नेपाल कम्युनिस्ट पार्टीले खरो रुपमा सहमतिको विरोध गरिरहेको छ । उसले सडक प्रदर्शन समेत गरेर विरोध जारी राख्दै बुधबार ‘नेपाल भारत सीमा समस्या र डुबान’ शीर्षकमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । सीमानामा ८३ ठाउँमा भारतले सीमा मिचेर नेपाली बस्ती र भूमि अाफूतिर गाभिसकेकाे तथ्यांक बाहिर अाइसकेको छ । त्यसविरुद्ध पनि नेकपाले अाज धारणा बाहिर ल्याउने भएको छ ।

यसै विषयमा नेकपाको अन्तर्राष्ट्रिय ब्यूरोले आज बुधबार राजधानीमा उक्त एक बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरी धारणा सार्वजनिक गर्दैछ । कार्यक्रम अपरान्ह १२ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएकाे नेकपा अन्तर्राष्ट्रिय ब्यूरो कार्यालय सदस्य खगेश्वर केसीले बताए ।

कार्यक्रममा विभिन्न पार्टीका विज्ञ प्रतिनिधि, सीमानविद् तथा अन्तर्राष्ट्रिय कानूनविद्हरुले आफ्नो धारणा राख्नेछन् । 

२०७४ असोज ४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...