को हुन् फेसबुकबाट ५० जनाभन्दा बढीलाई ठगेर लाखौं कमाउने नेपाली युवती ?

  • काठमाडौं ।
सामाजिक सञ्जालk दुरुपयोग गरेर ५० भन्दा बढीलाई ठग्ने युवती पहरी फन्दामा परेकी छिन । सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पालाई ठगीधन्दा चलाएको आरोपमा पक्राउ गरेको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ नयाँ साथीहरु बनाउने र महंगा उपहार आएको भन्दै झुक्याउँदै त्यसवापत लाग्ने करका नाममा ठग्दै आएको खुलासा भएको हो। 

उनलाई गत बिहीवार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले प्रकाउ गरेको छ। विदेशीसँग मिलेर उनले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको सिआईबीले जनाएको छ। उनले कुनै पनि व्यक्तिसँग फेसबुकमार्फत चिनजान गर्ने र महंगा उपहार पठाएको भनेर झुक्याउँदै त्यसवापत लाग्ने करका नाममा उनले ठगी गर्दे आएको खुलासा भएको हो।

ठगी गर्न फेसबुकमा शेर्पासहितको गिरोह नै सक्रिय रहेको प्रहरीको भनाई छ। गिरोह सदस्यले फेसबुकमा आफ्नो नाम बिदेशी राख्ने गरेको पीडितहरुले बताएका छन्। ‘विदेश नामबाट फ्रेन्ड रिक्वेष्ट पठाउने, सम्बन्ध विस्तार भएपछिसँगै ठग्ने क्रम सुरु हुने रहेछ’ असुसन्धानमा संलग्न एक प्रहरीले नेपालखबरलाई बताए। ठग्नका लागि उनीहरुले भारतीय नम्बरबाट फोन गरी पार्सल भारतमा आइपुगेको र त्यसका लागि केही कर लाग्ने भन्दै पैसा मागेर ठगी गर्ने गरेका थिए।

कोही कोहीलाई हिराको हार, आइ–फोन लगायतको वहुमूल्य पार्सल पठाउँछु ट्याक्स क्लियरेन्स तपाईले गर्नु पर्छ भनि पार्सलको को फोटोसमेत फेसबुकमामा पठाई झुक्याई प्रलोभनमा पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। ठगिएकामध्येका धेरैले मनि ट्रान्सफरमार्फत पैसा पठाएका थिए। त्यो पैसा शेर्पाले बुझ्ने गरेकी थिइन्।

कसरी प्रकाउ परिन् आङलेमी?

ठगी आरोपमा पक्राउ परेकी शेर्पा काठमाडौंको एक सहकारीमा काम गर्थिन्। तर उनको रबाफ भने सहकारीमा काम गर्ने स्तरको भन्दा भिन्न खालको थियो। यसलाई नै आधार मानेर प्रहरीले उनकोलाई पिछा गर्न सुरु गरेको थियो। आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा उनीहरुको समूहले थुप्रैलाई एकपछि अर्को गरी आफ्नो फन्दामा पार्ने गरेको प्रमाण जुटाएपछि प्रहरीले शेर्पालाई पक्राउ गरेको हो।

शेर्पाले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएको पैसा लिएर बिदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अमेरिकामा बस्दा चिनजान भएका व्यक्तिको आग्रहमा आफूले पैसा लिने गरेको उनले बताएकी छिन्। व्युरोले काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी उनको अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुकमा चिनजान भएको साथीबाट उपहार लिने प्रलोभनमा ५० भन्दा धेरै व्यक्ति ठगिएका छन्। बहुमुल्य सामाग्रीको प्रलोभनमा परि ५० हजार देखि छ लाख ७५ हजार रुपैयासम्म बैंक डिपोजिट गरिएको पीडितले बताएका छन्।

२०७४ भदौ १८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...