धोनवी गापामा काँग्रेस र सखुवाप्रसौनी गापामा फोरमका उम्मेदवार विजयी

  • पर्सा ।
पर्साको धोवनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । 

मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा काँग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत लिएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्र्यालयले जनाएको छ । 

यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । 

मतगणनाको अन्तिम नतिजाअनुसार फोरम नेपालका अध्यक्ष पदका उम्मेदवार प्रदीप जैसवाल र उपाध्यक्षमा फोरम नेपालकै फूलमतिकुमारी थरुइन विजयी भएका छन् । 

अध्यक्ष पदमा फोरम नेपालका जैसवालले तीन हजार ६५७ मत हासिल गरी विजयी भने छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निरज गिरीले दुई हजार ६१४ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी उपाध्यक्षमा फोरमकी थरुइनले तीन हजार ६७२ मत हासिल गरी विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी केदारकुमारी विश्वकर्माले दुई हजार ८५१ मत हासिल गरेको निर्वाचन कार्यालयले बताएको छ । 

२०७४ असोज ७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...