ट्रम्पको रात्रिभोजमा उपप्रधानमन्त्री महराको अपमान, सुरक्षाकर्मीले रोकेपछि गेटबाटै फर्किए

  • काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा परराष्ट्र मन्त्रालय र न्युर्योकस्थित स्थायी नियोगको कमजोरीका कारण उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महारा ‘अपमानित’ भएको खुलेको छ ।

राष्ट्रपति ट्रम्पले मंगलबार आयोजना गरेको रात्रिभोज प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि हुन नसक्ने भएपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै उपप्रम महरा जान खोजेका थिए । 

त्यसको तयारी पुरा भएको भन्दै न्युर्योक मिसन प्रमुख दुर्गाप्रसाद भट्टराईसहितका परराष्ट्रका अधिकारीले भनेपछि उनि रात्रिभोजमा सहभागि हुन गएका थिए ।

जव परराष्ट्रमन्त्री महरा सरकार प्रमुख देउवालाई पठाएको रात्रिभोजको निमन्त्रणा पत्र र आफ्नो राहदानीसमेत बोकेर रात्रिभोज स्थलतर्फ लागे, उनलाई त्यहाँका सुरक्षाकर्मीले रोके । 

त्यसपछि मिसन र परराष्ट्रका अधिकारीले महरालाई सुरक्षा ढोकामै आघा घण्टा सम्म कुर्न लगाए, उनि आधा घण्टासम्म देउवाको नाममा आएको पत्र र राहदानी बोकेर बसिरहे ।

न्युर्योकस्थित मिसनले रात्रिभोजमा प्रधानमन्त्री सरिक हुन नसक्ने र प्रधानमन्त्री सट्टामा परराष्ट्रमन्त्री सहभागि हुने पत्राचार गर्न नसक्दा महारा बिश्वमा सामु अपमानित भएका थिए । आधा घण्टासम्म गेटमा कुर्दा पनि भित्र छिर्न नपाएपछि महरा फर्किएका थिए ।

रात्रिभोजमा सहभागि राष्ट्रको प्रतिनिधित्व हुँदा नेपालको भने सहभागिता थिएन । सहभागिताको व्यवस्था समयमै मिलाउन नसक्नु मिसन र परराष्ट्रको कमजोरी त थियो नै, उपप्रधानमन्त्री महरासमेत परराष्ट्रका कमजोरीका कारण सबैका सामु ‘अपमानित’ भएका थिए ।

महासभामा सहभागि हुन आएका सरकार प्रमुख र प्रतिनिधिमण्डललाई अमेरिकी राष्ट्रपतिले रात्रिभोज दिने निर्धारित कार्यक्रम नियमित हो ।


२०७४ असोज ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...