नेकपाको कब्जामा रहेका थवाङ् अध्यक्ष घर्ती मध्यराती रोल्पाबाट रिहा


रोल्पा ।

बिहिबार रातिदेखि बेपत्ता रहेका थवाङ गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका स्थानीय नेता वीरबहादुर घर्ती शनिबार राती रिहा भएका छन् । उनि शनिबार राती पत्रकारहरुको रोहबरमा धबाङको भनभनेबाट थुना रिहा भएका हुन्।

थवाङको उवा निवासी ‘वियोग’ नामले चिनिने घर्तीलाई रोल्पा थबाङ २ स्थित ससुराली घरबाट बिहिबार नेकपाका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएका थिए। 

विप्लव नेतृत्वको नेकपाले नियन्त्रणमा लिएको जिम्मा लिएपछि अज्ञात रहेका घर्तीको रिहाइका लागी प्रहरीले खोजी गरिरहेको थियो। 

नेकपाको नियन्त्रणमा रहेका घर्तीलाई आफ्नो पार्टीले छलफलको लागि बोलाएको र समझदारीमै उनि आफ्नो पार्टीको सुरक्षामा सुरक्षित रहेको नेकपा रोल्पाका सेक्रेटरी जागृतिले बताएका थिए।

थवाङमा जनसरकार क्रियाशील रहेको र जनसरकारको अनुमति विना प्रचण्ड–महरालाई थवाङ बोलाएको तथा पुरानो सत्ताको जनपरिषद्को अधिवेशन राखेको कारण आवश्यक छलफल गर्नुपर्ने भएकोले ‘वियोग’ लाई बोलाइएको जागृतिले स्पस्ट पारेका थिए ।

शनिबार प्रचण्ड थवाङ पुगी गाउँपरिसदको उदघाटन कार्यक्रम सकेर फर्केपछि नेकपाले गाउँ पालिका अध्यक्ष घर्तीलाई रिहा गरेको हो ।

२०७४ भदौ ३१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...