नेकपा कास्कीका सेक्रेटरी जगन एकाबिहानै पक्राउ

  • राज कुमार घिमिरे, पोखरा । 
नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्द प्रसाद तिवारी 'जगन' पक्राउ परेका परेका छन्। 'जगन'लाई प्रहरीले पोखरा लेखनाथ महानगरपालिकाको बगरबाट गिरफ्तार गरेको हो । 

बगरस्थित जिल्ला वन कार्यालय कास्की अगाडी रहेको चिया पसलमा बसेर चिया पिउदै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ। 

 यो समाचार तयार पार्दासम्म प्रहरीले जिल्ला सेक्रेटरी जगनलाई के कति कारणले गिरफ्तार गरिएको हो भन्ने आधिकारिक धारणा भने सार्बजनिक गरेको छैन । 

चिया खाँदाखाँदै गिरफ्तार गरिएका सेक्रेटरी जगनलाई पोखराको वडा प्रहरी कार्यालय बगरमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

यस्तै प्रहरीले सोमबार नै नेकपा कास्की जिल्ला कमिटी सदस्य गोबिन्द ओली र राष्ट्रिय जनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राईलाई पनि पक्राउ गरकेो थियो । 

२०७४ भदौ २७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...