माकेका गाउँपालिकाका अध्यक्ष नै सुन तस्करी काण्डका मुख्य कमाण्डर !

  • काठमाडौं । 
माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार पौडेल १४ किलो सुन तस्करीका मुख्य नाइके भएको खुलासा भएको छ ।

पौडेल पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रहरीले राजधानीको टोखाबाट १४ र जनकपुरबाट १ किलो सुन बरामद गरेको थियो । उक्त सुन पौडेलकै भएको हिरासतमा रहेका पेम्बा शेर्पाले बयन दिएपछि प्रहरीले पौडेललाई खोजि गरिरहेको छ ।

गाउँपालिका अध्यक्षको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेर पौडेललाई दिएको थियो । त्यसअघि नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए । काँग्रेसले टिकट नपाएपछि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डको सहमतिमा पोडेललाई टिकट दिइएको बताइएको छ । सिन्धुपाल्चोकका एक नेताले प्रचण्ड निवासमै लगेर गएपछि उनले टिकट पाएको माओवादी स्रोतले बतायो ।

तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ (हाल भोटेकोसी गाउँपालिका–४) का बासिन्दा पौडेलको खोजी भइरहेको छ । उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्व अध्यक्षसमेत हुन् ।

२०७४ भदौ २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...