जनकपुर उपमहानगर अपडेट: राजपाले ९ हजार कटाउँदा एमालेको लज्जास्पद अस्वथा (परिणामसहित)

  • धनुषा ।
जनकपुर उपमहानगरमा एमालेको अवस्था लज्जास्पद छ । शुक्रबार बिहानसम्म एमालेले हजार मतसम्म कटाउन सकेको छैन ।

कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसले दुइहजार नौस ९९ मत मात्र ल्याएको छ । 

त्यस्तै उपमेयरमा पनि राजपा नै अगाडी छ । प्रस्तावित प्रदेश नं २ को राजधानी समेत रहेको जनकपुर उपमहानगरमा स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । 

राजपा
मेयर–९२१९
उपमेयर– ६५२७

नेपाली काङ्ग्रेस 
मेयर–२९९९
उपमेयर–२७१७

एमाले 
मेयर–९२७
उपमेयर–९१७

२०७४ असोज ६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...