वीरगञ्जमा रोचक भिडन्त, यस्तो आयो पछिल्लो ताजा अपडेट

  • पर्सा ।
२ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाको मत गणना अत्यन्त सुस्त गतिमा भएको छ । ३२ वडा रहेको यो महानगरमा अहिलेसम्म २,३,४ र ३० गरी चार वडाको मात्र अन्तिम परिणाम आएको छ । जसमा जित हासिल गरेका छन् ।

मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आएको छ । शुक्रबार ११ बजेसम्म झिनो मतले कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेस उम्मेदवारले ३९६० मत ल्याउदा प्रतिद्वन्द्वी राजपाले ३९२० मत ल्याएका छन् । त्यस्तै फोरम नेपाल तस्रो स्थानका लागि प्रतिश्पर्धा गरिरहेको छ । उसले ३५५० मत ल्याएको छ । बीरगञ्ज महानगरको पछिल्लो परिणाम यस्तो छ

कांग्रेस –३९६०
राजपा –३९२०
फोरम नेपाल–३५५०
माओवादी केन्द्र–२४४९
एमाले –१९८१
फोरम लोकतान्त्रिक –१३२३

महानगरको मतगणना ११ स्थानमा गनिएपनि परिणाम आउन ढिला हुदा मतदता र समर्थकहरु दैनिक मतगणनास्थल आउदै फर्कने गरेका छन् ।

२०७४ असोज ६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...