जनकपुर उपमहानगरमा राजपा ३ हजार मतले अगाडी, काँग्रेस-एमाले पत्तासाफ हुने निश्चित

  • जनकपुर ।
जनकपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार राजपा नेपालले मेयर पदमा ३ हजारभन्दा बढी मतले अग्रता लिइरहेको छ । त्यस्तै उपमेयरमा राजपाका उम्मेदवार दोब्बरले मतले अगाडि छन् ।

राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले हालसम्म ४ हजार ९ सय २८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका मेयर उम्मेदवार मनोज साहले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार मनोज साह राजपाका उम्मेदवार लालकिशोर साहभन्दा ३ हजार २ सय ६५ मतले पछि परेका छन् ।

यस्तै उपमेयरमा राजपा नेपालकी उम्मेदवार रीता झाले ३ हजार २ सय ९ र कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार लिलम कर्ण १ हजार ४ सय ७४ मत प्राप्त गरेर दोश्रो स्थानमा छन् ।

त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार लक्ष्मीनारायण भगत ४ सय ९१ र उपमेयर उम्मेदवार पुनम मिश्र ५ सय मत प्राप्त गरेका छन् ।

अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् । एमालेले अहिलेसम्म एक मेयर र तीनअध्यक्ष गरी चार तहमा विजयी भएको हो । 
कहाँ कसले जिते ?

प्रमुख पदमा विजयी
राष्ट्रिय जनता पार्टी (राजपा)

धनुषाको हंसपुर नगरपालिका मेयर–रामज्ञान मण्डल

नेपाली कांग्रेस
सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
रौतहटको परोहा नगरपालिका मेयर–शेख वकिल

माओवादी केन्द्र
सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो काइरी
सिरहाको कर्जन्हा नगरपालिका मेयर–गंगा पासवान

नेकपा एमाले
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष–हरिनारायण चौधरी 
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष–डम्बरबहादुर राउत
सप्तरीको सप्तकोशी नगरपालिका मेयर–उत्तम गौतम

फोरम लोकतान्त्रिक
रौतहटको इशनाथ नगरपालिका मेयर – सन्तोष मेहता
सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष–जवाहरलाल यावद

संघीय फोरम नेपाल 
सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

उपप्रमुख पदमा विजयी 

राष्ट्रिय जनता पार्टी 
धनुषाको हंसपुर नगरपालिका उपमेयर–रेणु झा

नेपाली कांग्रेस
सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
पर्साको पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष–ममता चौधरी
रौतहटको परोहा नगरपालिका उपमेयर–सुगन्धी गिरी

माओवादी केन्द्र
सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
सिरहाको कर्जन्हा नगरपालिका उपमेयर–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
धनुषाको बटेश्वर गाउँपालिका उपाध्यक्ष–डम्बरबहादुर राउत
सप्तरीको सप्तकोशी नगरपालिका उपमेयर–आशा चौधरी

फोरम लोकतान्त्रिक
रौतहटको इशनाथ नगरपालिका मेयर – हुसनी आरा खातुन
सर्लाहीको विष्णु गाउँपालिका उपाध्यक्ष–उषा देवी

संघीय फोरम नेपाल 
सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह 
सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव

२०७४ असोज ५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...