काँग्रेस १०, एमाले छ र लोकतान्त्रिक फोरम चारवडामा विजयी (ताजा अपडेट)

  • राजविराज ।
नेपाली काँग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ । 

नगरको वडा नं १ बैरवामा करिम शेख ४६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २ को अध्यक्षमा मेहन्दी हुसैन निर्वाचित भएका छन् । 

डाक्नेश्वरी नगरपालिका वडा नं १ र २ मा काँग्रेस विजयी भएको छ । डाक्नेश्वरी–१ मा विजय चौधरी ५६८ मत प्राप्त गरी विजयी भएका छन् । 

वडा नं २ मा काँग्रेसका उम्मेदवार रहमान मियाँ निर्वाचित भए । उनले ४८४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका हजरत अलीले २०७ मत मात्र प्राप्त गरे । 

विष्णुपुर गाउँपालिका वडा नं २ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका योगेन्द्रप्रसाद यादवले ४६३ मत प्राप्त गरी विजयी भएका छन् । 

महिला सदस्यमा फुलीदेवी यादव, दलित महिला सदस्यमा रञ्जिताकुमारी रजक, खुल्ला सदस्यमा शिवजीप्रसाद साह र राजेन्द्र ठाकुर निर्वाचत भएको बताइएको छ । बेल्ही चपेना गाउँपालिका वडा नं १ मा काँग्रेसको प्यानल विजयी भएको छ । 

वडाध्यक्षमा नारायण यादव ८०२ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा समोदेवी मुखिया, दलित महिला सदस्यमा रेखाकुमारी राम, खुल्ला सदस्यमा ओमप्रकाश यादव र भूपेन्द्रनारायण यादव निर्वाचित भएका छन् । 

खड्ग नगरपालिका वडा नं १ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका सिंहेश्वर मण्डल ५६७ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

महिला सदस्यमा कपलेश्वरीदेवी भण्डारी, दलित महिला सदस्यमा दमनीकुमारी राम, खुल्ला सदस्यमा मनोजकुमार चौधरी र चन्देश्वर मण्डल निर्वाचित भएका छन् । 

वडा नं २ मा पनि काँग्रेसका रामअवतार साहले २०२ मत प्राप्त गरी विजयी भएका छन्।  रुपनी गाउँपालिका वडा नं ६ मा पनि काँग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा विजयी भएका छन् । 

तिलाठी कोइलाडी वडा नं ७ को वडाध्यक्षमा पनि काँग्रेसका गुलावप्रसाद सिंहको प्यानलै विजयी भएको छ ।

एमाले

एमालेले सप्तकोशी नगरपालिकाका वडा नं १, २, ३ र ४ मा जित हात पारेको छ । 

वडा नं १ को अध्यक्षमा नारायण आचार्य, २ को अध्यक्षमा सोनालाल चौधरी, ३ को अध्यक्षमा देवकान्त चौधरी र ४ को अध्यक्षमा बद्रीनारायण चौधरी निर्वाचित भएका छन् । 

शम्भुनाथ नगरपालिका–१ मा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट इनरदेव साहले ३४८ मत प्राप्त गरी विजयी भए । 

डाक्नेश्वरी–९ मा एमालेका उम्मेदवार कर्णदेव चौधरी ७११ मत प्राप्त गरी विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रघु साफीले ७०० मत प्राप्त गरे । 

नेपाल लोकतान्त्रिक फोरम

शम्भुनाथ नगरपालिका–२ मा भने नेपाल लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ ।  वडाध्यक्षमा दुर्गानन्द भगत ४८५ मत प्राप्त गरी विजयी भएको छन्  । उता छिन्नमस्ता गाउँपालिका–१ मा लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ । 

छिन्नमस्ता–१ बरही वीरपुरमा लोकतान्त्रिक फोरमका विनोदकुमार यादव ४३७ मत प्राप्त गरी विजयी भए । 

सुरुङ्गा नगरपालिकाको वडा नं ११ मा पनि नेपाल लोकतान्त्रिक फोरमका गयाप्रसाद चौधरी वडाध्यक्षमा विजयी भएका छन् । उनको प्यानलै विजय भएको बताइएको छ । 

राजपा

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका वडा नं २ मा राजपा (नेपाल) विजयी भएको छ । राजपाका उम्मेदवार सन्तोषकुमार यादवसहित प्यानलै विजयी भएको छ । 

त्यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) ले तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नं १ मा पनि जित हात पारेको छ । 

वडा नं ८ मा राजपाका उम्मेदवार लक्ष्मीप्रसाद खंग मण्डलको प्यानलै विजयी भएको छ । 

वडाध्यक्षमा निर्वाचित लक्ष्मी मण्डल खत्बेले ४६० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सत्यनारायण यादवले ४४१ मत प्राप्त गरे। 

राजपाले डाक्नेश्वरी नगरपालिका वडा नं १० मा पनि जित हात पारेको छ । राजपाका उम्मेदवार जुगेश्वर साह ७५९ मत प्राप्त गरी विजयी भएका छन् । 

माओवादी केन्द्र

सप्तकोशी नगरपालिकाका वडा नं ५ र ६ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

वडा नं ५ मा दीपक लेखी २२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ६ मा कमलनारायण चौधरी ३२७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै, सप्तकोशी नगरपालिकाकै वडा नं ७ र ८ मा पनि माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ । 

संघीय समाजवादी फोरम नेपाल– डाक्नेश्वरी नगरपालिका–४ मा सो दलका उम्मेदवार श्रीकान्त राय २२२ मत प्राप्त गरी विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शुभनारायण यादवले १७८ मत प्राप्त गरे । 

संघीय समाजवादी फोरमले बोदे बर्साइन नगरपालिका–१ मा पनि जितेको छ । वडाध्यक्षमा धीरेन्द्रकुमार यादव ५०६ मत प्राप्त गरी विजयी भएका छन् । 

बेल्ही चपेना गाउँपालिका–२ मा संघीय फोरम नेपालका ललित सिंह वडाध्यक्षमा निर्वाचित भएको बताइएको छ । 
२०७४ असोज ५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...