कमेडियन शर्मा र उनकी गर्लफ्रेन्ड गिन्नीबीच ब्रेकअप


काठमाडौं ।

भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै बन्द भएको छ। अब उनी फेरि समस्यामा परेका छन्।

भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै कपिल र उनकी गर्लफ्रेन्ड गिन्नी बीच ब्रेकअप भएको जनाएका छन्।

कपिलले आफ्नो गर्लफ्रेन्ड गिन्नी चतरथसँग आगामी वर्ष विवाह गर्ने पनि बताएका थिए। तर अब उनीहरु साथमा नरहेको बताइएको छ।

यसको जिम्मेवार भने कपिलकै शो को एक महिला सदस्यलाई मानिएको छ। यसअगाडी कपिलको अफयेर शो की क्रियटिभ डेट प्रीती सिमोसँग हल्ला चलेको थियो। तर कपिलले यो सब हल्लालाई चिर्दै गिन्नीसँगको प्रेम प्रस्ताव स्वीकार गरेका थिए।

भारतीय सञ्चारमाध्यम डिएनएको रिपोर्ट अनुसार शो कै कोही व्यक्ति कपिल विरुद्द लागेका छन्। तर कपिललाई भने कोहीमाथि शंका छैन।

कपिलले भने गिन्नीसँगको ब्रेकअपको बारेमा अहिल्यै केही बताएका छैनन्। उनी अहिले बेंगलुरुमा आयुर्वेदिक उपचार गराइरहेका छन्।

प्रतिकृया दिनुहोस्

Loading...