कास्की माओवादीले संघ र प्रदेशमा उठ्ने उम्मेदवारको टुंगो लगायो

  • पोखरा ।
नेकपा (माओवादी केन्द्र) कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिए ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ मा झलकपाणि तिवारी र क्षेत्र नं ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ भने बाँकी क्षेत्रको नाम आज टुंगो लगाएर सिफारिस गरिने उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...