चाबहिलस्थित केएल टावरमा दशैंतिहार उपहार योजना सुरु


काठमाडौं ।

चाबहिलस्थित चुच्चेपाटीमा रहेको केएल टावरले दशैंतिहार उपहार योजना सुरु गरेको छ । दसैँ–तिहार उपहार योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । 

त्यसै गरी उपहार योजनामा सहभागिग्राहकले साप्ताहिक तथाबम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् । 

दशैंमा केहीनयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहितगर्दै टावरको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामानखरिद गर्नेले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमाटावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनल गायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको गिफ्ट भौचर पनिग्राहले पाउने छन् । 

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, लेट्स स्कुटर तथा चार रात पाँचदिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका दैनिक प्रयोगमा आउने सामान टावरमाखरिद गर्न सकिने बताइएको छ । 

उपहार योजना अवधिमा एकहजार रुपैयाँबराबरको सामानको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोला प्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १ गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

Loading...