एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगाअफर’, बम्पर उपहार ‘आर वानफाइभ बाइक’


काठमाडौं ।

नेपालीहरुको महान पर्व दसैँतिहारको अवसर पारेर एप्पल वर्ल्डले ‘अफर भित्र पनि मेगा अफर’को योजना ल्याएको छ।

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको सोरुम एप्पल वर्ल्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजानेगरी सुनचाँदीको सिक्का तथा अन्य उपहार पाउने एप्पल वर्ल्डका म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए।

उनले भने ‘मोबाइलका मोडल हेरी ६० प्रतिशतसम्म छुट दिइन्छ, त्यति मात्रै नभई एप्पल वर्ल्डमा बम्पर उपहार स्वरुप एक एक जनाले ‘आरवान फाइभ बाइक’, ‘आइफोन ८’ तथा ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने छन्।’

एप्पल वर्ल्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत ग्राहकले पाउने बताइएको छ। हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने उनले बताए।

२०७४ असार १ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...