लहानका मेयर उम्मेदवार एमाले नेता मुन्नी साहको घरमा बम बिष्फोट

  • लहान ।
असोज २ गतेको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरमा बम बिष्फोट भएको छ । 

एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान-५ स्थित घरमा अज्ञात समुहले बम बिष्फोट गराएको हो ।

साहको घरमा बाहिरबाट टिफिन बम प्रहार गरेपनि ढोकामा लागेर आगनमै बिष्फोट भएको छ । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ । 

यो संचार तयार पार्दासम्म घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

२०७४ भदौ २० गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...