एमाले वरिष्ठ नेता माधव नेपालको टोलीलाई पर्साका स्थानीयले लखेटेपछि टाप....


काठमाडौं ।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन ।

वीरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन अन्सारी र सोफिया आचार्यसँगै चुनावी प्रचार–प्रसारमा हिँडेका नेपाललाई स्थानीयले लखेटेका हुन् । नेपालसँगै प्रचार–प्रसारमा सहभागी नेता तथा कार्यकर्ता पनि लखेटिएका छन् ।

स्थानीयले एमालेलाई मधेसविरोध पार्टीको संज्ञा दिएका थिए । स्थानीयले लखेटेपछि उनि तत्काल त्यहाँबाट फर्किएका थिए । 

यसअघि गत भदौ १३ गते जनकपुरबाट पनि नेपालको टोली लखेटिएको थियो।

नेपाल प्रमुख अतिथि रहेको अगुवा कार्यकर्ता भेलामा राजपाका कार्यकर्ताले ढुंगामुढा गरेका थिए । नेकपा एमालेले २ नम्बर प्रदेशको स्थानीय निर्वाचनलाई मध्यनजर गरी मंगलबार मोर्चा संगठनको भेला गरेको थियो ।

भेलालाई अबरोध गर्दै जनकपुरको रामानन्द चोकमा राजपाका कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीसँगको झडपमा राजपाका केही कार्यकर्ता घाइते समेत भएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...