मेयर बिद्यासुन्दरले काठमाडौंमै मेट्रो रेल सुलुलु कुदाएपछि दंग पर्दै महेन्द्रले लेखे गज्जबको स्टाटस


राजिब चन्द, काठमाडौं ।

काठमाडौंलाई १०० दिनमा स्मार्ट सिटि बनाउने उद्घोषका साथ मेयर बनेका बिद्यासुन्दर शाक्य यतिबेला चुपचाप बनेका छन् । 

जनताको प्रतिनिधि बनेर मेयर कुर्सीका बसेका बिद्यासुन्दरको पहिलो निर्णय नै विवादस्पद रह्यो । उनले जनताको पैसाबाट आफ्ना लागि महँगो मोबाइल किन्ने निर्णय गरे, जसको चौतर्फी बिरोध र आलोचना भायो ।

निर्णय जनबिरोधी भएको भन्दै उनका केहि निकटतमहरुले फिर्ता लिन सुझाव दिएपछि उनले भने- ' महँगो मोबाईल किन्ने निर्णय क्यान्सिल भयो, जनताको भावनामाथि खेलवाड गर्दिन।' त्यसो भनेको केहि दिनमै उनले महानगरको बैठक डाके र फटाफट मोबाइल किन्नका लागि बजेट निकासा गर्न लगाएर र मोबाइल किनी छाडे ।

पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका मेयर विद्यासुन्दर शाक्यले आफु र आफ्नो कर्मचारीलाई आवश्यक सुखसयालका कुराहरु जोड्न मै आज सम्म ध्यानकेन्द्रित भएको देखिन्छ ।

महानगरका लागी अर्बौको घर जग्गा किन्ने देखि वडा अध्यक्षलाई लाखौ रुपैया चिया खर्च बिनियोजन गर्ने शाक्यले आफ्ना लागि बिलासी गाडी किनेर ल्याई सकेका छन् । उक्त विलासी गाडीको मूल्य १ करोड २० लाख परेको छ । जुन टोयोटाको ‘फर्च्यूनर ’ब्राण्ड को गाडी हो ।

जनताको हितमा काम गर्न मेयर पद बनेका शाक्य व्यक्तिगत स्वार्थमा डुब्दै गएपछि अहिले चाैतर्फी व्यंग्य प्रहार हुन थालेकाे छ । यसैबीच धरान घर भइ काठमाडौंमा बस्दै आएका एक युवाले मेयर बिद्यासुन्दरले देखाएको 'क्लिन सिटी' को सपनाप्रति व्यंग्य गर्दै एउटा स्टाटस लेखेका छन् । मेयरले काठमाडौंलाई स्मार्ट सिटी बनाएपछिको सुन्दर काठमाडौंको परिकल्पना गर्दै महेन्द्र थुलुङ राइले सामाजिक सञ्जाल फेसबुकमा रोमाञ्चक स्टाटस लेखेका छन् ।


उनले काठमाडौंमा 'आधुनिक द्वाइलेट देखि लिएर सफा बागमती, बैगैचा र मेट्रो रेल तथा क्लिन सडक' बनेको परिकल्पना गरेका छन् 

'बिहान पाच बजे उठियो। म उठेको थाहा पाए पछि आफै बत्ती बल्यो। ट्वाइलेट गए, ढोका आफै खुल्यो। सौच गरे मलद्वार रोबोटले धुइदियो। म उठे आफै पानी झर्यो टोइलेटको प्यान सफा भयो। बाहिर निस्के मान्छेहरु बागमतिको वारिपारी मर्निङ वाक गरिरहेका थिए। बागमती आहा कति हरियो थियो।त्यो भन्दा धेरै वरपरको चौर, फुलहरु, टिकका बोटहरु झन हरिया थिए। 

साइक्लिङ गर्नेहरु थिए, स्टेकिङ खेल्नेहरु थिए। बिहानको समय भएकोले गर्दा वारिपारिका चिल्ला सडकमा गाडिहरु कुदाउन मनाही थियो। घरी घरी एम्बुलेन्स चै कुद्थ्यो। पशुपतिमा ओभरफ्ल्याइ पुलबाट तल एकछिन हेरे । भक्तजनहरुको भिड, जहा धुपको मात्र बासना आइरहेको थियो। गौसला पुगे यो एयरपोर्ट र पशुपतिले गर्दा अलिक जाम लाग्ने ठाउ हुनाले चार तल्ले पुल बनाइएको रैछ।म चै सब-वे बाट पारी गए। बिदेशीले भरिएको मोनो रेल सुलुलु गयो। आज चक्रपथ जम्मै घुम्न मन लागेकोले ट्राम स्टेसन पुगे। 

ट्राम आइपुग्यो यसो पर्स निकालेर सुघाइदिए ढोका खुलियो।मेरो नम्बरको सिटमा बसे ।आइफोन निकाले डिस्प्लेमा मेरो मेयर सुन्दर तरिकाले हासिरहनु भएको थियो। पशुपतिलाइ नगरेको नमस्कार उहालाइ गरे। अहिले म चाबहेल आइपुगेको छु, बौद्ध जाने पुल माथी थियो। हामी तलबाट छिर्यौ। धोबिखोलालाई बागमतिमा मिसाएको हुनाले त्यो खोलामा अहिले अन्तरराष्ट्रिय मापदण्ड अनुसारको सडक बनेको छ। 

चाइनाबाट लोड गरिएको चालिस चक्के ठुलो ट्रेला लाइनबद्द कुदिरहेको थियो। सन्ख पार्क सानै भए पनि अजीब लाग्यो। नारायण गोपाल चोकमा पनि बुढानिलकण्ठ जाने मेट्रो रेल सुलुलु माथी माथी बाटै गयो। मेरो छेउमा बसेको बिदेशी पर्यटकलाइ हेरे, पुरा फोटो खिच्नमा मस्त थियो। हामिलाइ के को मतलब फ्री वाइफाइले चलेको फेसबुकमा "स्टाटस हाले 'गुड मर्निङ स्मार्ट काठमाडौ, .... यस्तै थियो हैन सपना..अझै लेख्न बाकी थियो।लेखिन ल। '" उनले भनेका छन् ।

उनको स्टाटसले आम काठमाडौंबासीको सपनालाई प्रतिनिधित्व गरेको छ ।
हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै:




,

प्रतिकृया दिनुहोस्

Loading...