चीनले २० अर्ब दिएपछि मोदीले दोक्लामबाट रातारात सेना फिर्ता गरेको रहस्य खुल्यो

  • काठमाडौँ । 

चीन र भुटानबीच सीमा विवाद रहेको दोक्लाम पुगेको भारतीय सेना एकाएक फिर्ता भएकोबारे सनसनीपूर्ण खुलासा भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार चीनले २० अर्ब डलर दिने वचन दिएलगत्तै भारतीय सरकारले दोक्लामबाट सेना फिर्ता गरेको चिनियाँ र भारतीय संचारमाध्यमहरुको दाबी छ । सेना फिर्ता गर्न प्रधानमन्त्री नरेन्द्र मोदीकै योजनामा चीनसँग पैसाको वार्गेनिङ गरेको भारतीय सरकारभित्रै चर्चा चलेको छ ।

अघिल्लो दिनसम्म सीमा क्षेत्रमा खटिएका भारतीय सेना रातारात पछी हटेको थियो । यसलाई धेरैले धेरै अर्थ लगाए । अहिले आएर भित्रै रहस्य बाहिर आएको छ ।

भारतले चीनसँग २० अर्ब डलर ऋण सहयोग मागेको कुरा स्वीकार गर्दै चीनले नदिएको बताएको छ । यसबारे भारतले भने आधिकारी रुपमा केही बताएको छैन ।

२०७४ भदौ १९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...