फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराममाथी फर्मासिष्ट ग्रुपको कारबाही

  • काठमाडौँ । 
फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईमाथी यौङ्ग फर्मासिष्ट ग्रुपले कारबाही गरेको छ । उनलाई विभिन्न ९ वटा आरोपहरु लगाएर कारबाही गरिएको छ । फर्मालिष्ट ग्रुपले हुमागाईंलाई उनकै कार्यकक्षमा कालोमोसो दलेर कारबाही गरेको हो ।

हुमागाइले नेपाल वा बिदेशमा जहाँ अध्यन गरेको भए पनि पुनः अनिवार्य परिक्षा दिनु पर्ने बाध्यकारी प्राबधान बनाएको तर इन्डियनलाई बिना परिक्षा दर्ता प्रमाणपत्र दिएको फर्मासिष्ट ग्रुपको आरोप छ ।

त्यस्तै हुमागाईले मापदण्ड नपुगेका शिक्षण सस्थाहरुलाइ आर्थिक प्रलोभन पारी सम्बन्धन दिन स्वीकृति दिएको समेत आरोप लगाएको छ।

मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्स र भ्याली कलेज अफ टेक्निकल साइन्सको सम्बन्धन नवीकरण,स्थानान्तरण र अध्यन-अध्यापन स्विकृतिको लागिबिस-बिस लाख रुपैया घुस लिएको बताइएको छ।

त्यस्तै औषधि ब्यापारिहरुसंग मिलि फर्मासिष्टहरुको पेशागत हित विपरीत काम गर्ने गरेको र केही फर्मासिष्टहरुले पाएको राम्रो सेवा सुविधा कटौती गर्ने देखि लिएर जागिरबाट निकाल्न लगाउने सम्मको हर्कत गरेका कारण उनीमाथि कारबाही गर्नुपर्ने भएको फर्मासिष्ट ग्रुपले बताएको छ ।

हुमागाइले गलत मनसाय बोकि पटक पटक विभिन्न चोर बाटो हुँदै फार्मेसी काउन्सिलमा नियुक्ति लिने र ज्वाइँ जेठान भर्ती केन्द्र बनाउने योजना बनाउदै आएकोले उनलाई यस प्रकारको कारबाही गर्नुपरेको फर्मासिष्ट ग्रुपको भनाइ छ ।

त्यति मात्र हैन हुमागाइले मोटो रकम असुल गरी परीक्षा केन्द्र मिलाउने, प्रश्न पत्र किन बेच गर्ने लगायतका अवाञ्छित गतिविधि गरि विद्यार्थी पास गराउने गरेको समेत प्रमाणहरु आफुसंग रहेकोले कारबाही गर्नुपरेको फर्मासिष्ट ग्रुपले बताएको छ ।

निजि कलेजको संचालक भएको र अन्य बिश्वबिद्धालय र बिश्वबिद्धालयबाट सम्बन्ध लिएका कलेज तथा विद्यार्थीमा विभेद गर्ने गरेको पानी भेटिएको बताइएको छ ।

पदिय दुरुपयोग गरी हुमागाइको मुख्य लगानी भएको Central instituite of science and technology मा आवश्यक पुर्वाधार नपुर्याइ फारम लिन अनुचित हर्कत गरेको र आर्थिक सामिजिक र शैक्षिक क्षेत्रमा नैतिक चारित्री रूपमा पतित तथा भ्रष्टिकृत भएकोले उनलाई सामाजिक बहिष्कारका लागी यस प्रकारको कारबाही गर्नु परेको फर्मासिष्ट ग्रुपले बताएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...