सर्बिन बोगटीको 'दशैँ आयो तिहार आयो' बजारमा (भिडियोसहित)


काठमाडौं ।

युवा गायक सर्बिन बोगटीको 'दशैं आयो तिहार आयो' बोलको नयाँ गीत बजारमा आएको छ । बोगटीले दशैँ तथा तिहारलाई केन्द्रित गरेर बनाइएको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा बोगटीसँगै प्रगती हिङमाङ्गले स्वर दिएकी छन् । विहानी विकको लय तथा शब्द रहेको गीतको म्युजिक भिडियोको एरेञ्ज बीबी अनुरागीले गरेका छन् ।

आरएनसी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको म्युजिक भिडियोमा शेर साउँद, अञ्जली अधिकारी, जीवन बोगटी र उषा विकले अभिनय गरेका छन् ।

करण चैसिरको छायांकन र विष्णु शर्माको सम्पादनमा बनेको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । 

कालिकोटको रुप्सा स्थायी घर भएका बोगटी बाल्यकालदेखि नै जनयुद्धमा बाल कलाकार हुँदै अहिले सांगीतिक बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल युवा कलाकारको रुपमा स्थापित भएका छन्।

भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...