पुर्बी तराईमा २४ घण्टाभित्र ३ वटा बम विष्फोट, स्थानीयमा ठुलै आतंक

  • बारा । 
पुर्वी तराईका जिल्लाहरुमा लगातार बम बिस्पोट हुन्स्था थालेका छ । खासगरी बारा जिल्लामा यो गतिविधि बढेको छ । २४ भित्र जिल्लाका ३ स्थानमा श्रृङ्खलाबद्ध बम विष्फोट भएको छ ।

अपरिचित समूहले शनिबार बिहान ३ बजे कलैया उपमहानगरपालिका वडा नं. २३ को बखुइ बुथ केन्द्रमा बम विष्फोट भएको हो ।

जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १६ को काञ्जिया बुथ केन्द्रमा पनि शुक्रबार राति १० बजे अपरिचित समूहले बम विष्फोट गराएको छ । श्रृङ्खलाबद्ध भएका बम विष्फोटको जिम्मेवारी भने यो समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन ।

निजगढ नगरपालिकाको बजार क्षेत्रमा पनि शुक्रबार राति ९ बजे बम विष्फोट भएको छ । विष्फोटबाट कुनै पनि क्षति भएको छैन ।  यसरी २४ घण्टा भित्रै लगातार ३ वटा बिस्पोट भएपछि स्थानीयमा ठुलै त्रास फैलिएको छ ।

बारा प्रहरीले बम विष्फोट गराउने समूहको खोजतलास भइरहेको भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

२०७४ भदौ २४ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...