शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ६० पुग्यो

  • काठमाडौँ । 
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या बढ्दै गएको छ ।

स्थानीय संचारमाध्यमका अनुसार शनिबार विहानसम्म ६० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसैगरी २ सय भन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।

शुक्रबार दक्षिणी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

२०७४ भदौ २४ मा प्रकाशित । 

,

प्रतिकृया दिनुहोस्

Loading...