चर्को आलोचनाका बीच देउवाद्वारा फेरी मन्त्रिमण्डल विस्तार ( को-को बने मन्त्री)

  • काठमाडौँ ।
सरकारको चर्को आलोचन भइरहेकै अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिमण्डल बिस्तार गरेका छन् ।  सरकारका नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन् ।

राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी भएका थिए ।

उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।

देउवाले आफ्नो जम्बो मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ । सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ ।

२०७४ भदौ २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...