घट्यो सुनचाँदीको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५७ हजार २ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।

२०७४ भदौ २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...