सप्तरी, रौतहट र सर्लाहीमा माओवादी र राजपा कार्यकर्ताबीच कुटाकुट, मतदान केन्द्रमै गोली चल्यो

  • सर्लाही। 
सप्तरीको हनुमाननगर, रौतहटको मौलापुर नगरपालिका–३ पछि अब सर्लाहीको सर्लाहीको कौडेना गाउँपालिका-४ मोतिपुरमा माओवादी र राजपा कार्यकर्ताबीच कुटाकुट भएको छ । कुटाकुटमा परी १० जना घाइते भएका छन् ।

यसअघि सप्तरीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान प्रभावित भएको थियो । त्यहा अहिले स्थिति तनावग्रस्त छ । मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झगडा सुरु भएको इमान्दार मिडिया सम्बाददाताहरुले जनाइएका छन् ।

राजपका उम्मेदवारले राप्रपाका उम्मेदवारलाई मतदान गर्न घरबाट ननिस्किन चेतावनी दिएपछि झडप भएको जनाइएको छ । झडप भएपछि मतदान केही बेर प्रभावित बनेको छ । स्थिति तनावग्रस्त छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

रौतहटको मौलापुर नगरपालिका–३ को एक मतदान केन्द्रमा गोली चलेको छ । शान्तिपूर्ण रुपमा मतदान चलिरहँदा एकाएक दलका स्वयंसेवक कार्यकर्ताहरुबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गोली चलेपछि मतदान प्रभावित भएको छ । आधा घण्टा मतदान रोकिएको मतदान अधिकृतले जानकारी दिएका छन् । माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताहरुबीच झडप भएको हो । 

सोमबार विहान माओवादी केन्द्रले स्वयंसेवकको रुपमा मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई मतदान स्थलमा लगेको भन्दै संघीय समाजवादी फोरमले विरोध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो। 

२०७४ असोज २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...