यी हुन् प्रधानमन्त्री देउवाले थपेका २ नयाँ मन्त्री

  • काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट विराज विष्टलाई विज्ञान तथा प्रविधि र कमला शर्मालाई आज वन तथा भूसंरक्षण राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनिरुलाई मन्त्रीपदको शपथ गराएका हुन् । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायकमन्त्रीको जिम्मेवारी सम्हालेक थिए भने शर्मा पहिलो पटक राज्यमन्त्री बनेका हुन्। 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले विष्ट र शर्मालाई राज्यमन्त्रीमा पार्टीको सिफारिससहित उनिहरुको नाम प्रधानमन्त्रीलाई बुझाएका थिए । नवनियुक्त राज्यमन्त्रीद्वय विष्ट र शर्माले आजै कार्यालयमा पुगेर पदबहाली गरेका छन् ।

२०७४ असोज २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...