बोटो बिराएर अलपत्र परेका प्रचण्डसँग एकता सम्भव छैन: वैद्य

  • चितवन ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । 

सोमबारचितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएर अलपत्र परेकाले पार्टी एकता सम्भव नरहेको बताएका हुन् । 

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उनने बाटो बिराएको वैद्यको भनाइ थियो । 

बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उनले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताए । 

“माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो ।” प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उनले भने - “काँग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र ।” कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै वैद्यले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा मात्र एकता हुनसक्ने बताए । 

उनले क्रान्तिकारी शक्ति नेकपासँग एकताका लागि छलफल भइरहेको उउनले बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उनले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए । 

आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने प्रष्ट पारे । अर्काे एक प्रश्नमा उन अबको संघ र प्रदेशको निर्वाचनमा जाने नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने जानकारी दिए । 

वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने भन्दै उनले राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न नसकिने बताए ।

२०७४ असोज २ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...