बीमा क्षेत्रको ‘बेष्ट म्यानेज्ड’ अवार्ड नेपाल लाइफ इन्स्योरेन्सलाई

  • काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) यो वर्षको ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डबाट पुरस्कृत भएको छ । कम्पनी यो अवार्डबाट चौथोपटक पुरस्कृत भएको हो ।

न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा यस कम्पनी “Best Managed Life Insurance Company” अवार्डबाट पुरष्कृत भएको कम्पनीका वरिष्ठ नायब महाप्रबन्धक सुशिलकुमार चौधरीद्वारा आइतबार जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/०७४ मा बैदेशिक रोजगार व्यवसाय र अन्य गरी पहिलो वर्ष करिब रु.४२१ करोड भन्दा बढी बीमा शुल्क आम्दानी गरेको छ भने यससँगै कूल बीमा शुल्क आम्दानी करिब १२ दशमलब २२ अर्ब रुपैयाँ पुगेको जानकारी जारी विज्ञप्तिमार्फत दिइएको छ ।

जीवन बीमा क्षेत्रमा ठूलो बजार हिस्सा ओगट्न सफल यस कम्पनीको व्यवस्थापन पक्ष बीमा क्षेत्रमा निकै सवल मानिन्छ ।

२०७४ असोज ८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...